खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा लिम्बु पक्राउ

| 2022 Nov 09 | 06:38 pm 1021

धनकुटा, छथरजोरपाटी गाउँपालिका-३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित झापा कन्काई नगरपालिका-४ घर भएका २६ वर्षीय एन्जल उप्रेतीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको    छ । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १२०६ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा खल्तीभित्र लुकाइ ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-१ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप खनाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.