खुकुरी प्रहार गरी युवकको हत्या

रिपोर्ट नेपाल | 2021 Apr 16 | 08:58 am 2321

भक्तपुर, बैशाख ३ः भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाईफार्ममा बिहीबार खुकुरी प्रहार गरी युवकको हत्या भएको छ ।

सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो । प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् ।

हत्या भएको सूचना आए लगत्तै महानगरीय प्रहरी बृत्त जगातीबाट डीएसपी राजेश थापा नेतृत्वको टोली पुगेर उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो । डिएसपी गिरीले सोधपुछका क्रममा खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको खुलेको बताए । विवादको विषयमा विस्तृतमा खुलिनसकेको भन्दै उहाँले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.