दाङ, चैत ३: ५ जनाको समूहले एक युवकमाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा तुल्सीपुर उपमहानगरपालिका–५ अस्पताल रोड निवासी २३ वर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार भएको हो ।
गएराती करिब १ बजेको समयमा आपसी विवाद हुँदा खुकुरी प्रहार भएको बताइको
छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डिएसपी सुमित खड्काका अनुसार ५ जना युवाको समूहले डाँगीको टाउको र खुट्टामा खुकुरी प्रहार गरेको बताए ।
डाँगीलाई कोहलपुर अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । खुकुरी प्रहार गर्ने युवाहरुको खोजी भईरहेको खड्काको भनाइ छ ।