खाेलाले बागाउँदा एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 23 | 02:31 pm 1944

कास्की, भदाै ७ः जिल्लाकाे माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर आइतबार बिहान एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २४ वर्षीया दीपा गौतम रहेकी छन् । उनी ऋषि पञ्चमी ब्रतका लागि नुहाउन खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७ सय मिटर तल नदी किनारमा फेला पारेका थिए ।

घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती उनकी साढे दुई वर्षकी छोरी रहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.