खाेलाले जीप बगाउँदा, एककाे मृत्यु दुई घाइते

| 2019 Sep 06 | 08:56 am 1887

दोलखा,  भदाै २०: जिल्लाको उत्तर प्रवेश गर्ने मुख्य मार्ग दोलखा सिंगटी सडक खण्डको सुन्द्रावती खोलामा आएको बाढीले गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भनेर दुईजना गम्भिर घाइते भएका छन्।

लामाबगरबाट चरिकोट तर्फ गइरहेको बा १९ च ४३९० नम्बरको इको स्पाेर्ट गाडी गएराती ११ बजेतिर खोलाले बगाएकाे हाे ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय अनिस पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दोलखाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राईका अनुसार गाडी दुर्घटना भएपछि रातको १२ बजे आफुहरुलाई स्थानीयले खबर गरेको र प्रहरी परिचालन भई स्थानीय र प्रहरी मिलेर दुई जना घाइतेको उद्धार गरिएको जानकारी दिए ।

दर्घटनामा परी घाइते हुनेहरुमा रामेछापको लिखु गाउँपालिका २ का चालक पवन पौडेल र दोलखाको तामाकोसी ३ का गाडी साहु बिकज पोख्रेल रहेका छन् ।

उनिहरुको चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा उपचार भैरहेको दोलखाका प्रहरी प्रवक्ता यज्ञनन्द शाहले जानकारी दिए । मृतककाे शव गएराती निकाल्न नसकेपछि शुक्रबार विहान मात्र निकालेर चरिकोट ल्याइएको प्रवक्ता शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.