कास्की, बैशाख ३ः कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको खाेँचमा खसी अड्किएकी एक बालिकालाई सशस्त्र प्रहरीले उद्धार गरेकाे थियाे ।
पोखरा महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुलीलाई करिब २ सय मिटर गहिराइबाट बैशाख २ गते सशस्त्र प्रहरीको गोता खोरले निकालेको हो । उनी खेल खेल्ने क्रममा उक्त खाेँच खसेकी थिइन ।
बालिका प्वालमा खसेको थाहा पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोता खोरसहितको टोलीले उनलाई निकालेको हो । बालिकाको उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।