खाली सिलिण्डर भर्न उपभोक्तालाई ग्यास उधोग संघको आग्रह

| 2021 Apr 24 | 09:55 am 2717

काठमाडौं बैशाख ११ : कोरोना महामारीले संसारलाई आतंकित पारिरहेका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन। पछिल्लो समय मित्रराष्ट्र भारतलाई नराम्ररी प्रभावित पारेकोले त्यसको असर नेपालमा पनि देखिन थालेको छ। संक्रमितका लागि आबस्यक पर्ने अक्सिजनको अभाब हुने संकेत पाएपछि। सरकारले ब्यबसायी संग छलफल गरेको छ।

भारतमा संक्रमणको संख्या दिनप्रतिदिन बढ्दै गएपछि खाना पकाउन आबश्यक पर्ने एलपी ग्यास भारत बाटै आयात हुने भएकोले त्यहा भएको लकडाउनका कारण ग्यास आयातमा प्रभाब पर्ने भन्दै नेपाल ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ। सङ्घले एक बिज्ञप्ति जारी गर्दै उपभोक्तालाई आग्रह गरेको हो।

महामारीको समयमा उपभोक्ताले खाना पकाउने ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् ।

गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो। आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएपछि सरकारले अभाब हटाउन आधा सिलिन्डर भर्न ग्यास उधोगलाई निर्देशन दिए पछि सहज बनेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.