खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत पक्राउ

| 2023 Jan 27 | 09:52 am 1593

काठमाडौ, माघ १३ः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत योगेन्द्र ढुंगेल घुस आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो ।

गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । यस विषयमा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.