खाद्यान्न ढुवानी पुनः सुरू

| 2021 Dec 14 | 07:33 am 1633

हुम्ला, मङ्सिर २८ः खाद्यान्न समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पुनः सुरु भएको छ । ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगञ्जबाट ढुवानी सुरु गरेको हो ।

सीता एयर, सिमकोट कार्यालयका इन्चार्ज छेपेल लामाले पहिलो दिन पाँचवटा उडानबाट ६० क्विन्टलभन्दा बढी खाद्यान्न ढुवानी भएको बताए । उनले अब एउटा जहाज नेपालगञ्जमै रहने भएका कारण नियमित रूपमा खाद्यान्न ढुवानी हुने जानकारी दिए ।

खाद्य कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालू आर्थिक वर्षका लागि ढवानीको जिम्मा पाएको सिम्रिक एयरले निजी एयरको सीता एयरबाट ढुवानी सुरु गरेको बताए । यसअघि चार दिन मात्र खाद्यान्न ढुवानी गरेर सीता एयरको जहाज काठमाडौँ फर्केपछि त्यसयता ढुवानी कार्य बन्द भएको थियो ।

गत मङ्सिर १५ देखि सुर्खेतबाट ३७ क्विन्टल र नेपालगञ्जबाट १३८ क्विन्टल मात्र ढुवानी गरिएको थियो । यस वर्षका लागि नेपालगञ्जबाट प्रतिकेजी १०८ रुपियाँ दरमा चार हजार क्विन्टल र सुर्खेतबाट प्रतिकेजी १०५ रुपियाँ दरमा छ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने जिम्मा उक्त एयर प्रालिले पाएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.