खाग तस्कर महतो जेल चलान

रिपोर्ट नेपाल | 2018 Oct 07 | 06:28 pm 2458

चितवन, असोज २१ : विगत लामो समय देखि खोजीको सूचिमा रहेका गैंडाको खाग तस्कर पक्राउ परेका छन् । भारतमा लुकिछिपी बसेका गैंडाको खाग तस्कर ईश्वरी प्रसाद महतो १० वर्षपछि पक्राउ परेका हुन् । निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार महतो नेपाल छिरेको सूचनाका आधारमा ४५ दिनदेखि पिछा गरी नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको सूचिमा फरार रहेका नवलपरासी कावासोती–१० रतौलीका ईश्वरीप्रसाद महतोलाई पक्राउ गरिएको बताइएको छ। महतो सो क्षेत्रमा दुई गैंडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ ।

२०६६ असोज २८ गते महतोसहित सात जनाविरुद्ध गैंडा मारेर खाग चोरी बिक्री गरेको आरोपमा दुई मुद्दा दर्ता गरिएको थियो । २०७१ असार १० गते निकुञ्जले महतोलाई १५ वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो । अर्को मुद्दामा पनि १५ वर्ष कैद र ८० हजार जरिवानाको फैसला भएको सूचना अधिकारी अर्यालले जानकारी दिएका छन् । पक्राउ परेका महतोलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.