पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नम्वर ९ का २२ बर्षीय सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका वडा नम्वर २ घर भएका २७ बर्षीय डिलबहादुर तामाङ रहेका छन् ।
लकडाउननको फाईदा उठाउँदै युवाहरुले बाख्रा खोरमा प्रवेश गरी घरधनीलाई पत्तै नदिई बाख्रा र बोका चोरी गाडीमा राखेर विक्री गर्न लैजाँदै गर्दा घरधनीको उजुरीका आधारमा पक्राउ गरिएको एसपी रविकुमार पौड्यालले बताए।
१४ जेठमा रोशी गाउँपालिका वडा नम्वर ७ स्थित विवेक तामाङको बाख्राखोरबाट दिउसो चार बजेको समयमा बाख्रा र खसी सहित बा १६ च ८८३० नम्वरको बोलेरो गाडी चोरी गरेका थिए । चोरी गर्ने युवाहरुले बा १४ च ६८५७ नम्वरको बोलेरो गाडीमा राखेर विक्री गर्न लैजादै थिए ।
ईलाका प्रहरी कार्यालय मंगलटारले उक्त समुहको खोजी गर्ने क्रममा सोहि दिन राति कानपुरबाट भकुण्डेतर्फ आउँदै गरेको बा १६ च ८८३० नम्वरको बोलेरो गाडी चेकजाँच गरी ३ वटा खसी र बोका, ४ वटा बाख्रा फेला पारेको थियो । तत्काल सवारी चालकलाई सोधपुछ गरी बोका बाख्रा रोशी गाउँपालिका स्थित बिबेक तामाङको घरबाट चोरी गरी ल्याएको बताएका थिए ।
प्रहरीले तत्काल गाडी सहित बाख्रा खसि बोका बरामद गरी जिल्ला पठाए सँगै विहिबार चोरी तथा डाँका सम्बन्धि कसूर अपराधमा मुद्दा दर्ता गरी पहिलो पटक काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट भिडियो कन्फरेन्सबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए ।