खराब मौसमका कारण ३ वटा जहाज काठमाडौंमै फर्किए

| 2019 May 03 | 01:02 pm 1704

काडमाडौं, वैशाख २० : काठमाडौंबाट नेपालगन्ज, भैरहवा र सुर्खेत उडेको ३ वटा जहाज काठमाडौंमै फर्किएका छन । हावाहुरीले गर्दा जहाज काडमाडौंमै फर्किएको त्रिभुवन विमानस्थलले जनाएको छ । साथै शुक्रबारको खराब मौसमकै कारण अरु जहाज पनि उड्न सकेक छैनन् । विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले दिएको जानकारी अनुसार बुद्वएयरको सुर्खेत र नेपालगन्ज र सौर्य एयरलाइन्सको भैरहवा उडेको जहाज बताए । काठमाडौंबाट नेपालगन्ज उड्न लागेको यति एयरको जहाज पनि रोकिएको जनाए । विमानस्थलहरूमा सामान्यतया दुई नियम अनुसार जहाज उडान–अवतरण गरिन्छ ।

एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो नियमअनुसार जहा जको उडान अवतरण छिटो हुन्छ । किनकि यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।

खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.