खरका छाना बिस्थापन गर्न जस्तापाता बितरण

रिपोर्ट नेपाल | 2019 Apr 29 | 10:05 pm 2857

गुल्मी , वैशाख १६: रेसुंगा नगरपालिका गुल्मीले खरका छाना बिस्थापन गर्नका लागि १२ नम्बर वडामा जस्ता पाता बितरण गरेको छ ।

नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत २९ घरधुरीहरुलाई रंगीन जस्तापाता बितरण गरेको छ । जस्तापाता बितरण गर्दै रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जस्तापाता लिई घरनबनाई यसै दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै एक महिना भित्रमा जस्ता लगाई सक्न आग्रह गरे ।

यस्तै घरमा आर्थिक अवस्था कमजोर भएका व्याक्त्तिहरुका लागि वडा बासीहरुले जनश्रमदान गरि सहयोग गर्न आग्रह गरे । उपप्रमुख सीता भण्डारीले जस्तापाताको सहि सदुपयोग गर्न आग्रह गर्दै विकासमा विवाद नगरी सबै मिलेर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीलगायत कर्मचारीहरु, वडा सदस्यहरु कार्यपालिका सदस्य लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष कुल बहादुर टण्डननले विकासमा राजनीति नभई सबै हातमा हात मिलाएर जान र आफलेू सधै विकासमा सबैलाई समानरुपले हेरेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.