क्‍वारेन्टाइनमा बसेर फर्किएका एकजना वृद्धको मृत्यु

| 2020 May 31 | 12:30 pm 1768

सिन्धुपाल्चोक, जेठ १८: शनिबार साँझ क्‍वारेन्टाइनमा बसेर फर्किएपछि एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ७० वर्षीय वृद्ध रहेकाे जिल्ला समन्वय समितिका प्रमुख कृष्णबहादुर तामाङले जानकारी दिए।

उनी १४ दिन चौतारा साँगाचोकगढी नगरपालिका-१३ को क्षेत्रीय क्‍वारेन्टाइनमा बसेर फर्किएका थिए । प्रमुख तामाङका अनुसार वृद्धलाई हृदयघात भएको अनुमान गरिएको छ।

उनको स्वाव परीक्षण लागि पठाएको बताए। रिपोर्ट आएपछि कोरोना हो होइन पुष्टि हुने उनले जानकारी दिए। क्‍वारेन्टाइनबाट फर्किएपछि श्‍वास फेर्न गाह्रो भयो भन्दै स्वास्थमा समस्या देखिएपछि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.