क्षत्री समाजले गर्यो भातृ संगठनको अधिवेशन

रिपोर्ट नेपाल | 2020 Jan 05 | 01:43 pm 2141

कास्की, पुस २०ः क्षत्री समाज नेपालका अध्यक्ष प्रा डा दिलबहादुर क्षत्रीले सम्पूर्ण क्षत्रीको एकता आजको आवश्यकता रहेको बताएका छन् ।

गण्डकी प्रदेश स्तरीय भातृ समाजको अधिवेशनलाई सम्बोधन गर्ने कुरामा राज्यले क्षत्रीलाई हेपाहा प्रवृत्ति गरेको भन्दै अहिले प्राप्त अधिकार पनि लामो संघर्षले मात्र प्राप्त गरेको प्रा डा क्षत्रीको भनाई रहेको थियो ।

राज्यले क्षत्रीलाई अन्यमा राखेपछि ठूलो लडाई लड्नु परेको उल्लेख गर्दै अध्यक्ष क्षत्रीले हामीहरु आफू आफूमा फुटेर होइन जुटेर अघी बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न अधिवेशनले गण्डकी प्रदेश महिला समितीको अध्यक्षमा सीता केसी, बुद्धिजिवी समाजको अध्यक्षमा गोमा क्षत्री, भूपु प्रहरी सैनिक समाजको अध्यक्षमा बाबुराम अधिकारी चयन भएका छन् ।

पोखरामा केन्द्रीय कार्यालय रहेको क्षत्री समाजले क्षत्रीको अधिकारको लागि आवाज उठाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.