कैलाली, असार १४ जिल्लाको गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतन क्वारेन्टिनमा रहेका युवकलाई सर्पले टोकेको छ ।
२२ वर्षीय युवक लगातार २२ दिनदेखि क्वारेन्टिनमा बस्दै आएका थिए । उनलाई शुक्रवार राति सर्पले डसेको हो ।
युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो ।
प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । सेनाको उपचार केन्द्रमा पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज पठाइएको छ ।