क्रुर र निर्दयी मन

रिपोर्ट नेपाल | 2021 Jul 07 | 11:35 am 2117

काठमाडौं, असार २३ः एउटै बाबु–आमाका छोराहरु दाजुभाईबीच अत्यन्त निकटतम सम्बन्ध हुनुपर्नेमा कत्ति निर्दयी र क्रुर कार्य गर्न पनि पछि नपर्दा रहेछन् भन्ने एउटा नमुना उदाहरणको रुपमा प्राप्त एक समाचारबाट थाहा हुन पुगेको छ ।

सर्लाही जिल्लाका सम्पन्न परिवारमै गणना हुने दिपक र रुपक मैनाली नामका दुई दाजुभाईले काठमाडौंको मध्ये बानेश्वरमा आठ आना घडेरी खरिद गरी एउटा घर बनाई त्यसैमा बसेर पेट पाल्ने मेलो गर्दै थिए ।

संयोगवश दुबैलाई अमेरिकाको डिभी परेर गई उतै बस्न थाले । अब यता भएको घर आधा–आधा हुने भयो । दुबै भाई मध्ये एक भाइले चै मरिगए पनि पुरै बेचेर आधा–आधा रकम नबनाउने पक्षमा गयो ।

अनेक नाता, गोता, इष्टमित्रले सम्झाउँदा पनि सहमतिमा नपुगेकाले बाध्य भएर आठ आनाको बिचमा बनेको सो घर आधी भत्काई सो ठाउँमा एक भाइले घर बनाउन थाल्यो ।

अर्को बाँकी आधा घर काम नै नलाग्ने गरी आधा हुन पुग्यो । तस्बिरमा देखिए झैं अनावश्यक त्यति राम्रो र बलियो घर आधा–आधा चिरेर अंश लिन खोज्ने एक भाई मैनालीको मन कति क्रुर र निर्दयी रहेछ भनेर यो तस्बिरले नै देखाउने हुँदा यहाँ प्रस्तुत गरिएको छ ।

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.