क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको मुत्यु

रिपोर्ट नेपाल | 2019 Mar 21 | 02:31 pm 2064

एजेन्सी, चैत्र ७ : क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको वुधबार मृत्यु भएको छ । भारतीय टिभी इन्डियाले जनाएअनुसार कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको हो ।

इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले मृत घोषणा गरेका थिए। हस्पिटलले मृत्युबारे थप कारण नखुलाएको इन्डिया टिभीले जनाएको छ ।

भारतीय सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनू एक विकेटकीपर ब्याट्सम्यान रहेको बताईएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.