काठमाडौं, असोज १५
बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने विदेशमै भासिन्छन भन्ने अडकल काट्नेहरुलाई चुनौती दिंदै अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।
उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन्। उनले आफूमाथिको षडयन्त्रको पर्दाफास हुने दाबी पनि गरेका छन्।
केही समय स्वास्थ्यको कारण देखाउँदै सम्पर्क विहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए।
