क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्न वामपन्थी एकताको आबश्यकता छ : प्रधानमन्त्री

| 2024 Jun 28 | 11:49 am 1013

काठमाडौँ १४ असार / प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण कार्यक्रममा आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । समारोहलाई सम्बोधन गर्दै उनले बामपन्थी एकताको कुरा गरेका हुन् ।

प्रधानमन्त्री दाहालले यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ प्रधानमन्त्री दाहालले भने । हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौं उनले भने ।

प्रधानमन्त्री दाहालले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको दाबी गरे । नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको प्रधानमन्त्री दाहालको धारणा थियो ।

एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहिँ न कतै यसलाई अघि बढाउन खोजिएको छ । हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरुको पनि आवश्यकता के हो भने हामी एकतावद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ प्रधानमन्त्री दाहालले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.