गुल्मी, जेठ १७ः विगत झण्डै ६ महिनादेखि नली हड्डीको क्यान्सरबाट पीडित २३ वर्षीया सावित्रा केसी पछाइले आर्थिक अभावका कारण अप्रेसन गर्न कठिनाई भएको भन्दै आफ्नो ज्यान बचाइदिन मनकारी दानबीरसँग आग्रह गरेकी छिन् ।

गुल्मी जिल्लाको तत्कालिन रिमुवा गाविस र हालको रुरु गाउँपालिका वडा नम्बर ६ निवासी सावित्राको दुई वर्ष अघि कृष्ण पछाइसँग विवाह भएको थियो ।
२३ वर्षको कलकलाउँदो उमेरमा लाउलाउ र खाउखाउ गरेर रमाउने बेलामा सावित्राले गरिबीसँगै रोगसँग लड्नुपर्ने बाध्यता आइपरेको छ ।
सावित्राका पति कृष्ण पछाइका अनुसार चार महिना अघि मात्रै उनको रोग पत्ता लागेको थियो । क्यान्सर ग्रस्त नली हड्डीलाई अप्रेशनबाट फालेर उनको त्यो ठाउँमा कृतिम स्प्रीङ रड हाल्नुपर्ने र त्यो प्रविधि ज्यादै महंगो भएकोले आफूहरुको हैसियत नभएकोले मेरो श्रीमतीको प्राण बचाइदिएर मलाई एक्लो हुनबाट जोगाईदिन तमाम दिदी बहिनी तथा दाजु भाइसँग आग्रह गर्दछु भन्दै कृष्णले रोदनपूर्ण स्वरमा भने ।

ललितपुर जिल्लामा रहेको किष्ट अस्पतालमा उपचार गराइरहेकी सावित्रालाई यस अघि डा रमिला श्रेष्ठले तीनपटक किमो दिएकी थिइन् ।
२३ वर्षीया सावित्राको आर्थिकका कारण ज्यान भने हामी तमाम नेपालीलाई उनको आत्माले धिकार्ने भन्दै समाजसेवी वसन्त भुजेलले सहयोग गरिदिन आग्रह गरेका छन् ।
अत्यन्तै महंगो प्रविधिबाट अप्रेशन गरिसकेपछि पनि चारवटा किमो दिनुपर्ने चिकित्सकले बताएका छन् । सावित्राको अहिले थाइराइड बढेका कारण केही दिनका लागि अप्रेशन रोकिएको छ ।
कलकलाउदी सावित्रालाई सहयोग गर्ने दानबीरको विवरण रिपोर्ट नेपाल डटकमले प्रकाशित गरिदिने छ । उनलाई सहयोग गर्ने दाताल रिपोर्ट नेपालका निर्देशक कृष्ण प्रसाद सापकोटाको ९८५१०११५४६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
यसका अलवा सावित्राका पति कृष्ण पछाईको मोबाइन नम्बर ९८४५००९१९४ मा सम्पर्क गरी काठमाडौं मनमैजुमा रहेको प्रभु बैंकको बचत हिसाब नम्बर १३५०१७७२०५८०००१६ मा समेत रकम जम्मा गर्न सकिने छ ।
भगवानको मन्दिरमा पैसा चढाउनु भन्दा रोगले छटपटाएका यस्ता बिरामीको उद्धारमा सहयोग गर्ने हो भने महायज्ञ गरे भन्दा फल मिल्ने कुरा समाजसेवी वसन्त भुजेलले बताए ।