पाँचथर, साउन १२ः फिदिम नगरपालिका १ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई नगद २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ र कौडा १७ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
त्यस्तै लागूऔषध मुद्दाका दुई वर्ष कैद सजाय फैसला भई फरार रहेका सूर्यविनायक नगरपालिका ५ बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका ९ भोटसिपा घर भएका ४० वर्षीय धन भन्ने दिपक श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला अदालतको २०७४ असार २६ गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।