को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री

| 2019 Jun 20 | 11:42 am 2537

लण्डन, असार ५: बेलायती प्रधानमन्त्री टेरेसा मे ले पदबाट केही दिन अघि राजिनामा दिएपछि अब को बन्ला प्रधानमन्त्री भन्ने विषयमा यहाँ चर्चा परिचर्चा हुँदै आएको छ ।

यूरोपबाट बेलायतलाई अलग गर्नुपर्छ भन्ने नारा दिएर सरकारको नेतृत्व गरेकी टेरेसा जनताको म्याण्डेड अनुसार अघि नबढेको भन्दै मन्त्रीबाट राजिनामा दिएर बाहिरिएका नेता बोरीस जोन्सन भावी प्रधानमन्त्रीका लागि चर्चामा रहेका छन् ।

लण्डनको दुई कार्यकाल मेयर भई सकेका जोन्सन जनप्रिय नेताका रुपमा परिचित व्यक्ति हुन् । ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ दलको नेता छान्नका लागि भएको चुनावी दौड हेर्न लायकको रोचक बनेको छ ।

३ सय १३ कन्जरभेटिभ सांसदबीच भएको चुनावमा पूर्वविदेशमन्त्री जोन्सनले १ सय २६ मत प्राप्त गरीपहिलो स्थानमा आएका छन् । पहिलो चरणको निर्वाचनमा १ सय १४ मत प्राप्त गरेका बोरीस जोन्सनले पछि १ सय २६ मत प्राप्त गरेर थप सांसदको मन जित्न सफल भएका छन् ।

जोन्सनका प्रतिद्वन्दहरुमा जेरेमी हन्ट, माइकल गोभा, रोरीस्टेवार्ड, जाजित जाविद रहेका छन् । प्राप्त मतलाई हेर्दा बोरीस जोन्सन प्रधानमन्त्री निश्चित प्राय छ ।

ब्रिटेनका जनताले सर्वाधिक मन पराएका जोन्सन ब्रिटेन सधै यूरोपसँग टाँसिएर बस्न आवश्यक छैन स्वयम् आफैं सक्षम छ भन्ने सोच र चिन्तन गर्ने नेता हुन् । उनी अहिलेसम्म अविवाहित रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.