को को हुन् नक्कली शैक्षिक प्रमाण पत्रबाट डाक्टर पढ्नेहरु

| 2023 Aug 11 | 02:04 pm 2849

काठमाडाैं, साउन २६ । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित हालसम्म ८ जना पक्राउ परेका छन् ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मा बाहेक अरु सबै विभिन्न हस्पिटलमा कार्यरत डाक्टरहरु रहेका छन् । उनीहरुलाई सीआईबीले  अनुसन्धानका लागि पक्राउको बताएको छ ।

हालसम्म पक्राउ पर्नेहरुमा डा‍. रञ्जित कुमार यादव, डा‍. अमित चाैधरी, डा. पुनम थापा, डा‍‍. श्रद्धा शिल्पकार, डा. रामबावु यादव, डा एरिना शाह, डा मनिता चाैधरी रहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि फक्सट्रट चार्ली अपरेशन चलाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.