बाँके, मंसिर २२: आइतबार कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।
कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द मृत्यु भएको थियो । बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।
प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।
शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।
प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको छ ।