कोशी, वाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

| 2023 Oct 20 | 07:39 am 937

काठमाडौँ, कार्तिक ३। जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ ।

विभागका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.