कोशी प्रदेश सरकार अवैधानिक भएको भन्दै एमाले पुग्यो सर्वोच्च

| 2023 Jul 07 | 02:53 pm 1793

काठमाडौँ, असार २२ । सभामुख बावुराम गौतमको समेत मतबाट कोशी प्रदेशका मुख्यमन्त्री बन्न सफल भएका उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेको छ ।

नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको भन्दै एमालेले रिट दायर गरेको हो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमाले कोशीका प्रमुख सचेत रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

चार दलको समर्थनमा मुख्यमन्त्री भएका थापाले सभामुख गौतमको छुट्टै हस्ताक्षर लिएर प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष गएको कुरालाई एमालेले संविधान विपरित भएको भन्दै रिट दायर गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.