कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार

| 2023 Sep 25 | 04:48 pm 1729

काठमाडौँ ८ असोज । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यससँगै प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ सदस्यीय मन्त्रिमण्डल बनेको छ।

सोमबार प्रदेश प्रमुख परशुराम खापुङले आन्तरिक मामिला तथा कानून मन्त्रीमा लिलाबल्लभ अघिकारी र खानेपानी सिंचाइ तथा उर्जा मन्त्रीमा बुद्धीकुमार राजभण्डारीलाई नियुक्त गरेका हुन्।

त्यसैगरि, मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा निरन राई र उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा रामप्रसाद महतोलाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले असोज २० भित्र विश्वासको मत लिनुपर्ने छ। विश्वासको मत लिन १२ दिन बाँकी रहँदा मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गरेका हुन्।

संविधानको धारा १६८ (३) अनुसार बनेको एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.