विराटनगर, २३ जेठ । कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । कोशी प्रदेश कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो । अहिले एमाले नेतृत्वको सरकार छ भने एमाले संसदीय दलका नेता हिम्मतकुमार कार्की मुख्यमन्त्री छन् ।
आजै माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । यसअघि नै जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेले गर्दा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । यही अवसरलाई मध्येनजर गर्दै कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।