विराटनगर, साउन १७ । सर्वोच्च अदालतबाट बर्खास्त गरिएको कोशी प्रदेशको मुख्यमन्त्रीमा पून उद्धव थापा नियुक्त भएपछि थापाले आजै तीन मन्त्रीको जिम्मेवारी तोक्ने बुझीएको छ ।
दलहरुबीच भएको सहमतिअनुसार मुख्यमन्त्री थापाले आज नियुक्ति गर्ने मन्त्रीमा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट निवर्तमान सभामुख बाबुराम गौतम र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जवेगु मन्त्री बन्ने भएका छन् । सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा, गौतमले अर्थिक मामिला तथा जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने समझदारी भएको छ ।