काठमाडौं, साउन २२ः बिहीबार नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित फेला परेको हो ।
यो सँगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० जना संक्रमित पुगेको छ।
त्यस्तै, २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।