काठमाडौं, बैशाख २९ः कोरोना संक्रमणबाट वागमती प्रदेश सभाका सदस्य तथा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । उनको मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली र लोकप्रिय नेताका रुपमा स्थापित थिए ।
