कोरोना संक्रमणबाट प्रहरीका डीएसपी खरेलको निधन

रिपोर्ट नेपाल | 2021 May 24 | 05:39 pm 2029

काठमाडाैं, जेठ १०ः कोभिड–१९ संक्रमणबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ ।

नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।

साेही अस्पतालमा जेठ ६ गते राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.