कोरोना विरुद्धको खोप परीक्षणमा सफल देखिएको चीनको दाबी

रिपोर्ट नेपाल | 2020 Nov 19 | 08:04 am 2019

काठमाडाैं, मंसिर ४ः चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण सफल देखिएको छ । कोरोना भाइरस विरुद्धको खोपको परीक्षणमा सफलता मिलेको चिनियाँ अनुसन्धानकर्ताले दाबी गरेका छन् ।​

चरणचरणमा विभिन्न खोपको परीक्षण गर्दै आएको चीनले पछिल्ला परीक्षणमा सफलता मिलेको दाबी गरेको हो । परीक्षण धेरै खोपको गरिसकेको चीनले धेरै खोप मानिसमा समेत लगाइसकेको छ ।

बीबीसीले उल्लेख गरे अनुसार चीनले बनाएको सिनोभ्याक बायोटेक नामक समूहले तयार पारेको खोपले राम्रो काम गरेको छ । सात सय बढी मानिसमा परीक्षण गर्दा उक्त खोपले रोग प्रतिरोधी क्षमता बढाउने प्रतिक्रिया तिब्र रुपमा दिएको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिका र युरोपमा खोप परीक्षण सफल भइरहेका खबर सार्वजनिक हुँदा चीनलेसमेत सफलता मिलेको संकेत गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.