कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो

रिपोर्ट नेपाल | 2020 Jan 28 | 08:43 am 1682

काठमाडौं, माघ १४: चीनको विभिन्न प्रान्तमा द्रुत गतिमा फैलिको कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ।

उक्त भाइरका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन विभिन्न क्षेत्रमा सतर्कता तथा यातायात आवागमनमा थप कडाइ गरिएको छ।

वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

यो भाइरस अहिले सम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको बताइएको छ। अमेरिकामा पनि यसको सक्रमण फैलिएपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।

अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन्। चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.