काठमाडौं, माघ २१: चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जनाएका छन् । सोमबार साँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीन बाहिर विश्वका विभिन्न मुलुकमा करिब १ सय ८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको बताइएको छ ।