- महेश सिंह
सिरहा, बैशाख २९ः कोरोनाकाे मारमा परेको लहान नगरपालिका वडा नम्बर १०,१४,२४ का गरिब असाहय ,अपाङ्ग ,ज्याला मजदुरी गर्ने परिवारलाई श्रेया पोलिकिल्निककी संचालिका डाक्टर सुशीला सिंहको आर्थिक सहयोग र नेपाल परिवार दल पार्टीका आर्थिक सहयोगमा समाजसेवी तथा महिला अधिकारकर्मी रिता महतोकाे विशेष पहलमा राहत वितरण गरिएकाे छ ।
राहतमा प्रति घर घुरी परिवार १० किलो चामल, २ किलो भुजा, २ किलो आलु , १ किलो दाल , १ प्याकेट नुन, १ पोका खाने तेल , आधा किलो मटर बिपन्न ३३ घर धुरिलाई राहत बाडेका छन् ।
राहतका आशमा बसेका अतिबिपन्न परिवार पबन पासमानले रिता महतो र हेल्फ मधेसी भन्ने युवाहरुको संस्थाले नेपालमा बिपतमा परेका युवाहरूका लागि आर्थिक सहयोग गर्ने गरेका छन् ।
उक्त युवाहरुको संन्जालले नेपालीको विभिन्न ठाँउ र जिल्लाका नेपाली मधेसी युवाहरुको संस्था हो । हेल्फ मधेसी नामको संगठनले कुनै किसिमको बिपतमा परेको ब्यक्तिहरुको आर्थिक सहयोगको लागि तत्पर रहेको समाजसेवी महतोले बताए ।
यता समाजसेवी रिता मानव सेवाको लागि अहोरात्र खट्ने गरेको छ । अर्की डाक्टर शुशिला सिंहले मानव रकक्षा नै सब भन्दा ठुलो धर्म भएकाे बताउँछिन्, लहान नगरपालिका २४ मा एक बृद्धलाई राहत दिन गाउँ पुगे थिए उनकाे अबस्था हेरेर केही आर्थिक सहयोग पनि गरेका थिए ।