कोरोना तथा डेङ्गु रोगबाट बच्न सुपानेट झुल र सेनिटाईजर वितरण

रिपोर्ट नेपाल | 2020 Aug 22 | 08:03 pm 3304

  • महेश सिंह

सिरहा, भदौ ६ः बिश्व महामारीको रुमा फैलिएको कोरोना भाईरस नेपाल पनि तिब्र गतिमा फैलिरहेको छ ।

उक्त भाईरस सहरीकरण हुँदै ग्रामिण समुदायमा फैलिएकोले नेपाली जनतामा त्रास उत्पन्न भएको सिरहाको औरही गाउँपालिकाका एक जना स्थानीयले बताए ।

No description available.

भाईरसको महामारीले गरिब, बिपन्न परिवारलाई रोग भन्दा पनि भोकमरी निम्त्याउने गरेका छन् । कोरोना भाईरसबाट प्रभावित दलित, बिपन्न परिवार सबभन्दा बढी प्रभावित भएको औरही गाउँपालिकाका अध्यक्ष शिदार्थ यादवले बताए ।

सिरहाको औंरही गाउँपालिकामा सुपानेट झुल र सेनिटाईजर वितरण गरीएको छ। औंरही गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेको भए पनि सम्पूर्ण वडामा झुल र सेनिटाईजर वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष दिलिप कुमार No description available.यादवले बताए ।

 

उक्त गाउँपालिकामा जम्मा ६ हजार ५ सय ५० घरधुरी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए ।

वितरण गरेको सामग्रीमा साधारण झुल १ थान, सुपानेट झुल १ थान र सेनिटाईजर १ थान गरी वितरण गरेको हो ।

झुल वितरण गर्दै वडा ५ का वडा अध्यक्ष यादवले भने अहिले कोरोना महामारीको चपेटामा हामी छौँ । यसको लागी केही दिन अगाडी राहतका सामाग्री वितरण गरेका थिए , अब लामखुटटेको टेकाईबाट लागने रोगबाट बच्न यो झुल वितरण गरीएको अध्यक्ष यादवले जानकारी दिए ।

No description available.

उक्त सामग्री प्रति घरपरिवार ८ सय २६ रुपैया मुल्य बराबरको हाराहारीमा पर्ने झुल ५३ लाख ७९ हजारको खरीद गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाहले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.