कोरोना खोप आउनुभन्दा अघि नै २० लाख मानिसको मृत्यु हुने डब्ल्यूएचओकाे दाबी

रिपोर्ट नेपाल | 2020 Sep 26 | 07:46 am 1808

काठमाडौं, असाेज १०ः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) बाट झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउनुभन्दा अघि नै २० लाख मानिसको मृत्यु भइसक्ने डब्ल्यूएचआले बताएको छ । कोरोना संक्रमणका कारण हालसम्म विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ ।

डब्ल्यूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बलियो भएमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा कम हुने बताएका छन् ।

यस्तै, बेलायत लगाएतका केही मुलुकमा महामाीको दोस्रो लहर सुरु भएको छ । केही समय थोरै मानिसमा संक्रमण देखिए पनि हाल भने संक्रमितकोे संख्या बढ्न थालेको छ ।

अहिले विश्वभर ३ करोड २७ लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.