कोरोनाको कारण तीजको दर खाने कार्यक्रम स्थगित

रिपोर्ट नेपाल | 2020 Aug 05 | 07:51 am 2332

 

कौरव खत्री गुल्मी, साउन २१ः वामी सेवा समिति जापानद्धारा तीजगित तथा दर खाने कार्यक्रम यस वर्ष कोरोना भाइरसको कारण स्थगित गरेको छ ।

मंगलवार जापानको टोकियोमा अनलाइन मार्फत बसेको कार्य समितिको सचिवालय बैठकको निर्णय जापानमा पनि कोरोना भाइरसको व्यापक प्रभावले गर्दा यस बर्ष नगरिने निर्णय अनुसार तीजगित तथा दर खाने कार्यक्रम यस वर्ष कोरोना भाइरसको कारण स्थगित गरिएको वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

साथै बैठकमा वामी सेवा समिति जापानका उपाध्यक्ष विष्णु सापकोटा, समितिका उपाध्यक्ष कृष्ण घिमिरे, समितिका सचिव महेन्द्र सापकोटा, समितिका कोषाध्यक्ष होमलाल सापकोटा लगायतको सहभागिता रहेको थियो ।

समितिले प्रत्येक बर्ष वामेली तथा मुस्कोटे चेलीहरुलाई वामी सेवा समिति जापानले तीजको दर खुवाउने र तीजगित कार्यक्रम गदै आइरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.