काठमाडौँ बैशाख १२: रुपन्देहीमा पनि कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रुपन्देही प्रशासन कोरोना नियन्त्रण र रोकथाममा जुटेको छ । यस अघि नै बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका बिद्यालय बन्द गर्ने निर्णय गरि सकेको थियो।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ।
यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ।
आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख‚ अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको छ।
जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको छ।