कोरिया जाने आशाले रातभर जागाराम

| 2019 Mar 22 | 07:46 am 2320

काठमाडौं, चैत्र ८: अनलाइन प्रणालीबाट परीक्षा शुल्क बुझाउने व्यवस्था हुँदा हुँदै अन्जानका कारण बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहने कामदारले शुल्क बुझाउनका लागि बिहिबार रातिबाटै लाइनमा बसेका छन् ।

आज शुक्रबारबाट आवेदन खुला हुने सार्वजनिक भएपछि परीक्षा शुल्क बुझाउन बैंकमा युवाको ठूलो लाइन रहेको थियो । ग्लोबल आइएमई बैंकका सबै शाखा र त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरमा ठूलो लाइन रहेको छ ।

शुक्रबार बिहान ५ बजेदेखि नै केही साइवरहरुमा समेत परीक्षा शुल्क बुझाउने युवाहरुको भीड लागेको थियो । बैंकमा रातिदेखि नै लाइनमा बसेका युवाहरुले त्यहीँ ओढ्ने ओढेर बसेका थिए भने केहीले त खाना नै त्यहीँ खाएका थिए ।

इसेवा, आइएमई पेलगायत माध्यमबाट सहजै परीक्षा शुल्क भुक्तानी गर्न सकिने भए पनि अगाडि फारम भरे परीक्षा पनि अगाडि हुने र परिणाम पनि छिटो हुने विश्वासमा बैंकमा लाइन लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.