काठमाडौँ पुस २२: गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात लगानी सम्मेलन कोभिड संक्रमण बढेको भन्दै स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ।
गुजरात सरकारले आगामी सोमबारदेखि आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन कोभिड संक्रमण बढेको भन्दै स्थगित भएको घोषणा गरेको छ ।
दूतावास स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमण लगभग स्थगितजस्तै भएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि दुई देशका प्रधानमन्त्रीबीच भर्चुअल संवाद हुने तयारी भइरहेको बताइएको छ ।