कोका-कोलाले आप्रवासी कामदारलाई विश्वकप हेर्ने मौका दिँदै

रिपोर्ट नेपाल | 2022 Dec 11 | 08:49 am 1069

काठमाडाैं, मंसिर २५ः कोका-कोलाले कतारमा रहेका नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने मौका प्रदान गरेको छ।

कम्पनीले कतारमा रंगशाला निर्माण गर्दा काम गरेका नेपाली कामदारहरू मध्य कतारमै बसोबास गर्दै आएका ७ नेपाली आप्रवासी कामदारलाई रंगशालामै प्रत्यक्ष रूपमा वर्ल्डकप हेर्ने अवसर प्रदान गरेको हो। आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशिएका नेपालीहरूको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरूप कम्पनीले उक्त पहल लिएको कोकाकोला नेपालले जनाएको छ।

फुटबल हेर्न रुचाउने भएकाले यसरी रंगशालामै बसेर प्रत्यक्ष वर्ल्डकप हेर्न पाउनु आफूहरूको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोकाकोलाप्रति आभारी रहेको उनीहरूले बताए।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोकाकोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको उल्लेख गर्दै कम्पनीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै नेपालीहरूको परिश्रम र त्यागप्रति आभार व्यक्त गरेको बताए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.