कोइराला परिवारको एकताले पार्टीलाई थप मजबुद बनाउँछ – सभापति देउवा

रिपोर्ट नेपाल | 2018 Nov 20 | 01:43 pm 1553

विराटनगर, मंसिर ४ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक पार्टी भित्र झिना मसिना विवाद हुनु कुनै ठूलो कुरा नभएको बताएका छन् ।

मंगलबार विराटनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले केही दिन अगाडी महामन्त्री सशांक कोइराला केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजता कोइरालाले विराटनगरमा एउटै माला लगाएर कोइराला परिवारको एकता रहेको संकेत गरेको कुरालाई इंकित गर्दै आफ्नो कोइराला परिवारसँग कुनै वाद विवाद नरहेको बताएका छन् ।

कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई संठित बनाउन थप मद्दत पुग्ने बताउँदै सभापति देउवाले कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने दाबी गरेका थिए ।

सभापति देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे। महासमितिको बैठक बारे पत्रकारले राखेको जिज्ञासामा सभापति देउवाले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने प्रष्ट पारेका थिए ।

पत्रकारको अर्को प्रश्नको जवाफमा सभापति दउेवाले कांग्रेसभित्र देखिएको विवाद हटेर जाने दाबी गरेका थिए । उनले पार्टीलाई संगठित र मजबुद बनाउनका लागि सबै नेता कार्यकर्ताको विवादलाई पन्छाएर आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताएका थिए । कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.