कोइराला परिवारका तीन नेता एउटै मालामा

| 2018 Nov 18 | 04:29 pm 1799

विराटनगर, म‌ंसिर २ : आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोइराला परिवारका तीन नेता एकै मालामा देखिएका छन् । कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला फाउन्डेनसनले गरेको कार्यक्रममा तीन कोइराला एकै ठाउँमा देखिएका हुन् ।

सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बीपी पुत्र डाक्टर शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा। शेखर कोइराला एउटै मालाका बाधिएर कार्यालयको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.