कोइरालाले डाकेको बैठकमा दुई नेता नजाने

| 2023 Sep 19 | 12:58 pm 1609

काठमाडौँ, असोज २ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले बोलाएको आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पाैडेल सहभागी नहुने भएका छन् । कोइरालाद्वारा आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

वरिष्ठ नेता कोइरालाले पहिलो पटक  महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई आफू पक्षीय बैठकमा आमन्त्रण गरेका थिए ।

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा पराजित भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.