कैलाली, जेठ १९ः पश्चिम रुकुममा ६ जनाको नरशहार हुने गरी भएको हत्याको बिरोधमा संयुक्त दलित संघर्स समितिको आयोजनामा सुदूर पश्चिम प्रदेश सभा नजिकै बिरोध कार्यक्रम सम्पन्न भएको छ।
उक्त बिरोध सभामा पूर्व सासद् नेकपाका केन्द्रीय सदस्य महेश्वर पाठकले यो घटना मानवियता विरोधी भएकाले निकै निन्दनीय भएको बताए। त्यसै गरी उक्त कार्यक्रममा नेपाली कांग्रेसकातर्फबाट पूर्व जिल्ला विकास समिति सभापति नाराणदत्त मिश्रले उक्त घटना नेपालको संविधान र लोकतन्त्र भावना विपरित भएको बताए।
यस्तो क्रुर र निन्दनिय घटनाको सबैले विरोध गर्नुपर्छ। जातियताकै आधारमा मानिसको हत्या गर्ने छुट कसैलाई छैन। दोषी कुनै पनि हालतमा उम्किनु हुँदैन, नेपाली कांग्रेस कैलालीका पूर्व सभापति गोबिन्दराज जोशीले भने।
उनले रुकुम पश्चिम घटनाले कानुनी राज्यको उपहास गरेको र सबैको शिर झुकेको बताए । हिजोका दिनमा लोकतन्त्र र सामाजिक न्यायका लागि कांग्रेस लडेको बताउँदै उनले यो घटनाले एकपटक सबैलाई झस्काइदिएको बताए।
उक्त कार्यक्रममा पूर्व सांसद हरि श्रीपाइली, सांसद दीर्घ सोडारी, लिलाधर भट्ट, उमा बादी, पूर्ण सिंह, नेपाली कांग्रेस कैलालीका सदस्य नुप बहादुर सुनार, गोमा आचर्य, हेमकर्ण बिकलागयतले घटनाको निन्दा गरेका थिए।