कैलाली, भदौ २९ : कैलालीको लम्कीचुहा नगरपालिका-३, बल्चौरमा बस दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । शुक्रबार दिउँसो से १ ख ११८८ नम्बरको बस चिसापानीबाट लम्कीतर्फ गइरहेको बस दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। प्रहरी निरीक्षक सुरेन्द्र जोशीका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ।