कैलालीमा बसको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Feb 22 | 10:03 am 1725

कैलाली, फागुन १०: बसको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा शुक्रबार अत्तरियातर्फ आइरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका डम्बरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते डम्बरको कोहपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नारायण विष्टले जानकारी दिए।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.